Header Ad 272×90
Home Tags #NELIVE24 #RoshanKumarBhattarai #BJP #OBCMorchaAssam #ITCell #AssamPolitics #GorkhaNews #AAGSU #DigitalAssam #CyberSecurity

Tag: #NELIVE24 #RoshanKumarBhattarai #BJP #OBCMorchaAssam #ITCell #AssamPolitics #GorkhaNews #AAGSU #DigitalAssam #CyberSecurity

भाजपा OBC मोर्चा असमको सूचना प्रविधि कोषमा रोशन कुमार भट्टराई नियुक्त; नेरिस्टदेखि आग्सु एकीकरणसम्म यस्तो छ उनको १२ वर्षे गौरवमय यात्रा

0

भाजपा OBC मोर्चा असमको सूचना प्रविधि कोषमा रोशन कुमार भट्टराई नियुक्त; नेरिस्टदेखि आग्सु एकीकरणसम्म यस्तो छ उनको १२ वर्षे गौरवमय यात्रा

NELIVE24 ब्यूरो, गुवाहाटी

​भारतीय जनता पार्टी (भाजपा) OBC मोर्चा, असम प्रदेशले आफ्नो सांगठनिक संरचनालाई डिजिटल युग सुहाउँदो बनाउन महत्वपूर्ण कदम चालेको छ। मोर्चाका माननीय प्रदेश अध्यक्ष श्री सुभाष दत्त ज्यूको विशेष अनुमोदनमा सांगठनिक जिम्मेवारी बाँडफाँड गर्दै प्रभावशाली युवा व्यक्तित्व श्री रोशन कुमार भट्टराईलाई असम प्रदेश OBC मोर्चाको सूचना प्रविधि कोष (IT Cell) को सदस्य पदमा नियुक्त गरिएको छ। प्राविधिक विधामा लामो अनुभव र सामाजिक क्षेत्रमा बलियो पकड भएका भट्टराईको यो नियुक्तिले पार्टीको डिजिटल माध्यम र सूचना संयन्त्रलाई अझ बढी प्रभावकारी र सशक्त बनाउने विश्वास नेतृत्वले लिएको छ।

​रोशन कुमार भट्टराईको सामाजिक र राजनीतिक यात्रा करिब १२ वर्ष अघि सन् २०१२ बाट सुरु भएको हो। उहाँ अरुणाचल प्रदेशको प्रतिष्ठित प्राविधिक शिक्षण संस्था उत्तर पूर्वीय क्षेत्रीय विज्ञान तथा प्रविधि संस्थान (NERIST) मा इन्जिनियरिङ अध्ययनरत रहँदा नै विद्यार्थी राजनीति र सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो। सोही समयमा उहाँले अखिल असम गोर्खा छात्र संघ (आग्सु) को ऐतिहासिक एकीकरण प्रक्रियामा समेत आफूलाई उभ्याउनुभएको थियो। सन् २०१२ देखि २०१४ सम्म चलेको आग्सुको एकीकरण अभियानमा उहाँले विभिन्न महत्वपूर्ण बैठकहरूको संयोजन गर्दै संगठनलाई एकढिक्का बनाउन अहम् भूमिका निर्वाह गर्नुभएको इतिहास छ।

आग्सुमा आवद्ध रहेर उहाँले कामरुप मेट्रो जिल्ला समितिको संगठनात्मक रूपमा सन् २०२३ देखि २०२५ सम्म जिल्ला सांगठनिक सचिवको जिम्मेवारी समेत सम्हाल्नुभएको थियो। उहाँको सांगठनिक क्षमता र प्राविधिक ज्ञानकै कारण उहाँले सन् २०१६ मा ‘गोर्खा दर्पण’ नामक न्युज पोर्टलको स्थापना गरी डिजिटल पत्रकारिताको क्षेत्रमा समेत आफ्नो उपस्थिति दर्ता गराउनुभएको थियो। पूर्व आग्सु सभापति अर्जुन छेत्रीसँगै भारतीय जनता पार्टीको मूलधारको राजनीतिमा होमिनुभएका भट्टराईले पार्टीका नीति र सिद्धान्तलाई तल्लो तहसम्म पुर्‍याउन निरन्तर योगदान दिँदै आउनुभएको छ।

​व्यावसायिक रूपमा एक सफल उद्यमी र इन्जिनियर रहेका भट्टराई गुवाहाटीमा आधारित ‘स्टारवेब एजुकेशन प्राइभेट लिमिटेड’ का निर्देशक हुनुहुन्छ। उहाँसँग वेब डेभलपमेन्ट, डिजिटल मार्केटिङ र साइबर सुरक्षाको क्षेत्रमा विशेष विशेषज्ञता रहेको छ। एक ‘सर्टिफाइड इन्फर्मेसन सेक्युरिटी एक्सपर्ट’ को रूपमा उहाँले लामो समयदेखि विद्यार्थी, साना व्यवसायी र वृद्धवृद्धाहरूलाई साइबर अपराधबाट जोगिने उपायहरू सिकाउँदै सामाजिक सचेतना अभियान समेत चलाउँदै आउनुभएको छ।

​यस महत्वपूर्ण नियुक्तिसँगै भाजपा OBC मोर्चाका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूले उहाँलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। सूचना प्रविधिको क्षेत्रमा उहाँको दख्खलले आगामी दिनमा पार्टीको डिजिटल रणनीतिलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

Wedding · Cinematic · Album

Kaanchi Multimedia

We capture your happiness, frame by frame.

Call 93947 82283
- Advertisement -

Wedding · Cinematic · Album

Kaanchi Multimedia

We capture your happiness, frame by frame.

Call 93947 82283