प्रोजेक्ट एलिफेन्टको स्टेयरिङ कमिटीमा डा. नारायण शर्मा मनोनित

0
21

प्रोजेक्ट एलिफेन्टको स्टेयरिङ कमिटीमा डा. नारायण शर्मा मनोनित
गुवाहाटी, असम: कटन विश्वविद्यालयको वातावरणीय जीवविज्ञान र वन्यजन्तु विज्ञान विभागका सहायक प्राध्यापक डा. नारायण शर्मा, भारत सरकारको वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयद्वारा पुनर्गठित ‘प्रोजेक्ट एलिफेन्ट’ (Project Elephant) को स्टेयरिङ कमिटीको सदस्यमा मनोनित हुनुभएको छ।
७ जनवरी २०२६ को आधिकारिक कार्यालय ज्ञापन (Office Memorandum) मार्फत गरिएको यस पुनर्गठन अनुसार, उक्त उच्चस्तरीय समितिले राष्ट्रिय स्तरमा प्रोजेक्ट एलिफेन्टको कार्यान्वयनको समीक्षा, मार्गदर्शन र निरीक्षण गर्ने जिम्मेवारी वहन गर्नेछ।
वन्यजन्तु संरक्षण र वातावरणीय क्षेत्रमा उहाँको विशेषज्ञताले हात्ती संरक्षणको राष्ट्रिय अभियानमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ। यस गरिमामय उपलब्धि र नयाँ जिम्मेवारीका लागि डा. शर्मालाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here