गुवाहाटीमा गोर्खा जातिको ऐतिहासिक नागरिक सभा सम्पन्न; ‘सामुदायिक डिजिटल पत्रकार युनियन’को पहिलो त्रै-वार्षिक अधिवेशन घोषणा

0
53

Wedding · Cinematic · Album

Kaanchi Multimedia

We capture your happiness, frame by frame.

Call 93947 82283
संभार गोर्खाली कलर्स

गुवाहाटी: असमका गोर्खाहरूको सामाजिक, राजनीतिक र बौद्धिक विकासका लागि आज गुवाहाटीमा एउटा ऐतिहासिक ‘नागरिक सभा’ भव्य रूपमा सम्पन्न भएको छ। असम डिजिटल पत्रकार महासंघको पहलमा आयोजित यस सभाले राज्यका सम्पूर्ण प्रमुख गोर्खा जातीय संगठनहरूलाई एउटै साझा मञ्चमा उभ्याउँदै जातीय एकताको नयाँ सन्देश प्रवाह गरेको छ।

प्रमुख अतिथि र नेतृत्वको बाक्लो उपस्थिति गुवाहाटीको मणिकुमार सुब्बा भवन प्राङ्गणमा आयोजित यस गरिमामय सभामा असम नेपाली साहित्य सभा (अनेसास) का सभापति, मूलसचिव तथा कार्यालय सचिवको विशेष उपस्थिति रहेको थियो। त्यसै गरी, अखिल असम गोर्खा छात्र संघ (आग्सु) का केन्द्रीय सभापति  र प्रचार सचिवले सभालाई सम्बोधन गर्दै गोर्खा जातिको अधिकार र सुरक्षाका विषयमा आफ्ना धारणा राख्नुभयो।

​सभामा असम गोर्खा सम्मेलन (अगोस) को प्रतिनिधि मण्डल, GACDC का मूलसचिव, UGPO का सभापति एवं दुवै पक्षका प्रतिनिधि मण्डल र BTR गोर्खा समाज का सभापति एवं मूलसचिवको सक्रिय सहभागिताले कार्यक्रमलाई विशेष महत्त्व दियो।

पत्रकार सुरक्षाको मुद्दा: एम के रिजालमाथि भएको आक्रमणको भर्त्सना सभाको क्रममा वरिष्ठ पत्रकार एम के रिजालमाथि सामाजिक सञ्जालमा भएको अभद्र र भ्रामक आक्रमणको विषयलाई लिएर आग्सु सभापति सुनिल छेत्री,डा° चिन्तामणि शर्मा,लगायत संस्था प्रमुखहरुले कडा शब्दमा भर्त्सना गर्नुभयो। उहाँहरुले पत्रकारमाथि हुने यस्ता प्रहारयो अन्तिम हो येस पछि हामी पनि व्यस्थालिन बाध्यहुने छुम भन्ने पक्ष्य राखनु हुन्छ ।

सामुदायिक डिजिटल पत्रकार संघ (CDJU) को अधिवेशन घोषणा यसै ऐतिहासिक अवसरमा ‘सामुदायिक डिजिटल पत्रकार संघ, असम’ को पहिलो त्रै-वार्षिक अधिवेशन आगामी २१ र २२ मार्च २०२६ मा गुवाहाटीको मणिकुमार सुब्बा भवनमा गर्ने औपचारिक घोषणा गरियो। संघका सल्लाहकारहरू नन्द किराती देवान, विकास छेत्री, शान्ता सिर्पाली र प्रकाश कोइरालाको उपस्थितिमा यो निर्णय लिइएको हो।

सभामा पूर्व आग्सु नेतृत्वका रञ्जीव शर्मा, केशव पाण्डे लगायत गोर्खा जनजीवनका प्रबुद्ध व्यक्तित्वहरू, गोर्खा उन्नयन परिषदका उपाध्यक्ष सम्मानीय राम दाहाल ज्यु ,पूर्व संयुक्त गोर्खा जनसंघका प्रतिनिधिहरू र प्रत्रकार संघका पदाधिकातीहरुको पनि उपस्थिति रहेको थियो।

उल्लेखनीय छ संघका स्थायी सभापति कृष्ण संग्रोलाको सभापतित्वमा एवं संयुक्त सचिव मनिकुमार रिजाल र विप्लव चिमरीया दुबैको संस्तुलित थालनी र उदेश्य व्याख्या एवं अतिथि अभिनन्दन द्वारा सभा आरम्भ एवं औपचारिक थालनी भ्एको थियो।

कार्यकारिणी सभा
नागरिक सभा

Wedding · Cinematic · Album

Kaanchi Multimedia

We capture your happiness, frame by frame.

Call 93947 82283

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here