Header Ad 272×90
Home Tags AAGSU

Tag: AAGSU

लखिमपुरमा गोर्खा परिसंघको ७औँ अधिवेशन र मेजर दुर्गा मल्लको ८२औँ बलिदान दिवसको तयारी: स्वागतकारिणी समिति गठन

उत्तर लखिमपुर, असम,nelive24:
असमका गोर्खा जातिका लागि महत्त्वपूर्ण घटनाक्रमका रूपमा भारतीय गोर्खा परिसंघ (भा.गो.प.), असम राज्य समितिको साधारण सभा आइतबार उत्तर लखिमपुरको चराइमोरियास्थित राजधनी इटरी प्रेक्षागृहमा सम्पन्न भएको छ। यसै अवसरमा भारतीय गोर्खा परिसंघ, लखिमपुर जिल्ला समितिको प्रतिनिधि अधिवेशनले पुरानो समितिलाई विधिवत विघटन गर्दै जिल्ला समितिको पुनर्गठन सर्वसम्मत रूपमा सम्पन्न गरेको छ।
जिल्ला अध्यक्ष श्री गोबिन विश्वकर्माको अध्यक्षतामा सम्पन्न प्रतिनिधि अधिवेशनले रंगनादी क्षेत्रका अवकाशप्राप्त कर्मचारी श्री राजेन छेत्रीलाई लखिमपुर जिल्ला समितिको अध्यक्षमा निर्वाचित गरेको छ। त्यसैगरी, रामपुर क्षेत्रका भारतीय सेनाबाट अवकाशप्राप्त सुबेदार मेजर गोपाल लिम्बूलाई कार्यकारी अध्यक्ष तथा लखिमपुर क्षेत्रका अवकाशप्राप्त शिक्षक श्री हेमचन्द्र छेत्रीलाई मूल सचिवको जिम्मेवारी प्रदान गरिएको छ। परिसंघका केन्द्रीय तथा राज्य नेतृत्व र विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा गठन भएको यो ३७ सदस्यीय नवगठित समितिलाई सम्पूर्ण लखिमपुर जिल्लाभरि परिसंघको संगठनात्मक आधार सुदृढ बनाउने र जातीय गतिविधिहरू समन्वय गर्ने जिम्मेवारी दिइएको छ।
यसैबीच, आगामी २५ अगस्ट २०२६ मा लखिमपुरमा आयोजना गरिने भारतीय गोर्खा परिसंघ, असम राज्य समितिको ७औँ त्रैवार्षिक अधिवेशन तथा आजाद हिन्द फौजका अमर शहीद मेजर दुर्गा मल्लको ८२औँ बलिदान दिवसलाई भव्यताका साथ सम्पन्न गर्न छुट्टै साधारण सभामार्फत एक सशक्त स्वागतकारिणी समिति गठन गरिएको छ। उक्त सभा अखिल असम गोर्खा छात्र संघ (AAGSU), असम गोर्खा सम्मेलन (AGS), असम नेपाली साहित्य सभा (ANSS) र गोर्खा स्वायत्त परिषद् माग समिति (GACDC) लगायतका प्रतिनिधिहरूको गरिमामय उपस्थितिमा सम्पन्न भएको थियो।
असम नेपाली साहित्य सभा, लखिमपुरका अध्यक्ष श्री डिल्लीराम शर्माको अध्यक्षतामा बसेको बैठकले वकिल तथा विशिष्ट व्यवसायी किशोर कार्कीलाई स्वागतकारिणी समितिको अध्यक्ष र श्री राजेन छेत्रीलाई कार्यकारी अध्यक्षमा सर्वसम्मत चयन गरेको छ। समितिको वरिष्ठ उपाध्यक्षमा श्री प्रेम सुबेदी, उपाध्यक्षमा श्री गोपाल लिम्बू, मुख्य मूलसचिवमा श्री डिल्लीराम शर्मा, मूलसचिव (समन्वय) मा श्री हेमचन्द्र छेत्री तथा मूलसचिव (प्रशासन) मा श्री मनोज छेत्रीलाई जिम्मेवारी प्रदान गरिएको छ। गोर्खा नागरिक समाजको व्यापक प्रतिनिधित्व सुनिश्चित गर्न असम गोर्खा सम्मेलनका दिलीप छेत्री, अखिल असम गोर्खा छात्र संघका युवराज कटुवाल, असम नेपाली साहित्य सभाका धर्मेन्द्र उपाध्याय लगायतलाई उपाध्यक्षमा तथा माधव नेपाल, राज पराजुली र पंकज मगरलाई मूलसचिवमा मनोनयन गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय गोर्खा परिसंघ, असम राज्य समितिका मूल सचिव श्री नन्द किराती देवानले प्रथम गोर्खा शहीद मेजर दुर्गा मल्लको देशभक्ति र त्यागले नयाँ पुस्तालाई प्रेरित गरिरहने बताए। उनले त्रैवार्षिक अधिवेशनलाई संगठनको गतिविधिको समीक्षा गर्ने र असमका गोर्खा समुदायका सवालहरूबारे भावी रणनीति तय गर्ने लोकतान्त्रिक मञ्चका रूपमा व्याख्या गरे। सभामा राज्य समितिका अध्यक्ष अमर अधिकारी, कार्यकारी अध्यक्ष ठण्डी नेवार, वरिष्ठ उपाध्यक्ष खेम प्रधान लगायत थुप्रै केन्द्रीय तथा जिल्ला तहका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
परिसंघका वरिष्ठ उपाध्यक्ष श्री खेम प्रधानले पत्रकारहरूसँग कुरा गर्दै २४ अगस्ट २०२६ मा बिहानैबाट अधिवेशन सुरु भई बेलुका प्रतिनिधि सभा आयोजना गरेर नयाँ राज्य समिति गठन गरिने जानकारी दिए। उनका अनुसार २५ अगस्टका दिन राज्यस्तरीय रूपमा मेजर दुर्गा मल्लको बलिदान दिवस श्रद्धापूर्वक मनाइनेछ। यी दुवै कार्यक्रम असमका गोर्खाहरूका लागि ऐतिहासिक समागम बन्ने र यसले साङ्गठनिक एकतालाई सुदृढ पार्दै राष्ट्रिय वीरहरूको सम्मान र सामाजिक तथा संवैधानिक अधिकारहरूको संरक्षणका लागि सामूहिक प्रतिबद्धता स्थापित गर्ने विश्वास लिइएको छ।

Wedding · Cinematic · Album

Kaanchi Multimedia

We capture your happiness, frame by frame.

Call 93947 82283

सत्ताको मोह र पहिचानको व्यापार: BTC का गोर्खा संगठनहरूमाथि उब्जिएका केही अनुत्तरित प्रश्नहरू

​वर्तमान समयमा असमेली गोर्खाहरु बिच राजनीति र सत्ताको रङ्ग कतिसम्म गाढा हुँदो रहेछ भन्ने कुराको ज्वलन्त उदाहरण BTC क्षेत्रमा हालै विकसित भएका घटनाक्रमहरूले प्रस्ट पारेका छन्। पद र कुर्सी प्राप्त गर्नुअघि ‘गोर्खा एकता’ र ‘जातीय पहिचान’ को कसम खानेहरू जब व्यवस्थाको रातो कार्पेटमा पाइला टेक्छन्, तब उनीहरूले त्यही पहिचानलाई बिर्सन्छन् जसले उनीहरूलाई त्यो उचाइसम्म पुर्‍याएको थियो। BTC का मनोनीत पार्षद नन्दलाल राणा मगरको पछिल्लो अभिव्यक्ति यसैको एउटा देखिएको कडी हो। BTC खुंग्रीको कार्यक्रममा उहाँले बोडो र मगर समुदाय दाजुभाइ हुन् र यिनीहरूको भाषा मिल्छ भन्दै दुई समुदायबीचको एकता र सामीप्यतालाई जोड्ने जुन प्रयास गर्नुभयो, त्यो सामाजिक सद्भावको दृष्टिकोणले सकारात्मक मान्न सकिएला। तर, त्यही मञ्चबाट ‘गोर्खा शब्द त पछि ब्रिटिसले लिएर आएको हो’ भन्दै सिङ्गो गोर्खा इतिहासलाई नजर अन्दाज गर्नु गम्भीर भुल हो। सन् २०१६ सम्म अखिल असम गोर्खा छात्र संघ (आग्सु) को केन्द्रीय समितिमा रहेका र पछि असम गोर्खा सम्मेलन जस्तो माउ संगठनको जिम्मेवारी सम्हालेका व्यक्तिले आज यस्तो अभिव्यक्ति दिनुले उहाँको नियतमाथि गम्भीर प्रश्न खडा गरेको छ।

​गोर्खा कोटाबाट पार्षद बनेर BTCका सिङ्गो ५-६ लाख भन्डा बड़ी गोर्खाहरुको प्रतिनिधित्व गर्नुपर्नेमा एउटा साँघुरो घेरामा खुम्चिनु र सामूहिक अस्तित्वलाई नकार्नुले गोर्खा कोटाको राजनीतिक प्रतिनिधित्वलाई नै अपमानित गरेको छ। यसै विषयलाई लिएर प्राक्तन पार्षद माधव चन्द्र छेत्रीले आफ्नो प्रतिक्रिया दिदै , नन्दलाल.. मगरहरूको मात्र MCLA होइनन्, उनलाई सम्पूर्ण गोर्खाको प्रतिनिधिको रूपमा मनोनित गरिएको हो भन्दै आफ्नो स्पष्ट धारणा राख्नुभएको छ। त्यसैगरी, आग्सु  BTC क्षेत्रीय समितिका सभापति रोहित दाहालले पनि मगरलाई उहाँको अभिव्यक्तिबारे स्पष्टीकरण दिन आह्वान गरेका छन्। यी प्रतिक्रियाहरूले मगरको अभिव्यक्तिको खण्डन त गरेका छन् तर कथा यतिमै सकिँदैन, असली र गम्भीर विषय त अब सुरु हुन्छ।

​यो विवाद चलिर हँदा रहदै येसै बिच निडर र साहसिक पत्रकारिता गरिरहेका वरिष्ठ पत्रकार कृष्णराज संग्रौलाले सामाजिक सञ्जाल र भिडियोमार्फत गर्नुभएको खुलासाले झन् ठूलो पराकम्प ल्याएको छ BTC को हाल चर्चामा। निर्वाचनअघि गोर्खाली जनताको टाउको ३१ लाखमा बेचिएको र संगठनहरूले राजनीतिक दलबाट रकम थापेको भन्ने संग्रौलाको दाबीले आम जनमानस सम्म चर्चाको विषय बनेको छ नझस्काए पनि । तर अचम्मको कुरा, नन्दलाल मगरसँग स्पष्टीकरण माग्ने तिनै रोहित दाहालले आजसम्म संग्रौलाले उठाएको ३१ लाखको प्रसङ्गमा कतै पनि आफ्नो प्रतिक्रिया प्रकाशित गरेका छैनन्। त्यति मात्र होइन, आग्सु BTC क्षेत्रीय समितिका मूल सचिव राजु सुवेदी छेत्री, जसले समाजमा एक प्रकारको सन्तुलित नेतृत्वको छवि बनाएका छन्, उनी पनि सभापति रोहित दाहालमाथि उठेका यी गम्भीर प्रश्नहरूको विषयमा चुइँक्क बोलेका छैनन्। वास्तवमा, सम्पूर्ण BTC क्षेत्रका कुनै पनि संगठन वा अन्य कुनै नेतृत्वले संग्रौलाले उठाएको प्रसङ्गमा बोल्ने आँट गरेका छैनन्। याहा यो अनुमन लगाउन सकिन्छ हाल सबैका सुन्ने र बोल्ने इन्द्रियहरू यो प्रसङ्गमा अस्थायी रूपले स्थगित भएको जस्तो देखिएको छ।

​अझै माथिल्लो तहको कुरा गर्ने हो भने, आग्सुका सभापति सञ्जीव चौहान र मूल सचिव नुमल छेत्रीसँग मगरको विवादित भनाइ वा ३१ लाखको गम्भीर आरोपमाथि बोल्ने समय छैन, तर वाहाहरूलाई जातीय प्रतिनिधित्वको निम्ति मन्त्रीत्व माग्ने तत्परता भने निकै देखिन्छ तयो पनि आवश्यक हैन भन्न खोजिएको हैन तर बोलने अझ दुई विषय पनि थिए र सोहि प्रकार असम गोर्खा सम्मेलन  जस्तो माउ संगठन पनि यसपटक आफ्नो गाम्भीर्यताबाट विमुख हुँदै केवल शुभकामना र सम्मानका औपचारिक कार्यक्रमहरूमा रमाइरहेको छ यो पनि माउ संगठनको बौद्धिक रणनितिहोला तर चलिरहेका विषयहरु स्पष्ट पार्ने दायित्व पनि माउ संगठनको थियो। संगठनभित्र सल्किरहेका यी गम्भीर मुद्दाहरूलाई समाधान गर्नुको सट्टा, केहि प्रतिक्रिया कुरा प्रसंग नबोली सबै ठिक छ भन्ने भाष्य स्थापित गरेर पत्रकार संग्रौलाले उठाएको आवाजलाई झुटो साबित गर्ने सुनियोजित प्रयास भइरहेको छ क्याओं यो …..? 

तर ​जुन समयमा निर्वाचन अघि संगठनले राजनीतिक दलबाट पैसा थापेको जनचर्चा छ, त्यो समयमा सामुहिकताबाट उठेका प्रश्नहरूको जवाफ दिनुको सट्टा मन्त्रीत्वको मागलाई अघि सारिनु कति सान्दर्भिक हो? जब भाजपाले आफ्ना कार्यकर्ताहरूलाई टिकट दिएर विधायक बनाएको छ भने, दलभित्रका योग्य गोर्खा व्यक्तिहरू जस्तै भाष्कर शर्मा वा ऋतुवरण शर्माले व्यवस्था र समयको माग अनुसार मन्त्रीत्व पाउनु अथवा नपाउनु त्यो दल भित्रको स्वभाविक प्रक्रिया हो संस्थागत रुपमा संगठनले अनुधावन पनि गर्नु आवश्यक छ संगठनले सामुहिकतामा जात वा व्यस्था भित्र त्येस्तो के गरेको छौं जस्को सट्टा सरकारले हाम्रो कुरा सुन्नु नै पर्छ भन्ने छ। तर, जनताका मुद्दा र संगठनभित्रको पारदर्शिता एकता सतत्ता माथी उठाका प्रश्नहरुलाई तिलाञ्जली दिएर केवल खुल्ला राजनैतिक  बार्गेनिङ गर्नुले नेतृत्वको सुप्त अभिव्यक्तिहरुलाई बाहिर ल्याएको छ। अगर व्यस्थाले परम्परागत कुरालाईनै सधै अघि राख्दै जवाबदेहिता बाट बाहिर बासन रुचाउछ भने ।  परम्पराहरू पुराना भए पनि पदले सधैं मानिसको सुप्तपन र सक्कली अनुहारलाई बाहिर ल्याउँछ। पदले नै मानिसलाई बोल्न र मौन बन्न सिकाउँछ।

​जनताले अब नेतृत्वको योग्यता केवल उनीहरूको भाषणबाट होइन, उनीहरूको नैतिकता र जवाफदेहिताबाट नियाल्नुपर्ने बेला आएको छ। यदि आजका संगठनहरूले भोलि तपाईंको राजनीतिक प्रतिनिधित्व गर्ने नाममा यस्तै मौनता र मोलमोलाइको बाटो रोजे भने, जनतामाथि हुने अन्याय, शोषण र दमनको दोषी अरू कोही नभएर स्वयं जनता नै हुनेछन्। तसर्थ, संस्थाहरूलाई बेलैमा जवाफदेही बनाउन र राजनेताहरूको बोलीलाई मर्यादित राख्न जनताले व्यवस्थामा सही र साहसिक मान्छे चयन गर्नु अबको अनिवार्य आवश्यकता बनेको छ।

Wedding · Cinematic · Album

Kaanchi Multimedia

We capture your happiness, frame by frame.

Call 93947 82283

आग्सु (AAGSU) नेतृत्वको भित्री समीकरण: अन्तरिम सभापति को ! र नदुवारमा सुनिल छेत्री ! | Nelive24 Special

0

रिपोर्ट: Nelive24 डेस्क

आग्सु (अखिल असम गोर्खा छात्र संघ) लाई विधानतः एउटा विशुद्ध अराजनैतिक छात्र संगठन मानिन्छ। तर असमको  राजनीतिमा  यथार्थलाई नियाल्ने हो भने छात्र संगठन त्यस्तो बलियो ‘नर्सरी’ हो, जसले निरन्तर राजनीतिक नेतृत्व उत्पादन गर्दै आएको छ। हामी जान्दछौं आग्सुबाट पुर्वमा पनि — जगदीश खनाल, प्रेम तामाङ, किशोर उपाध्यायदेखि अञ्जन उपाध्यायसम्मका पूर्व आग्सु हस्तीहरू आज कुनै न कुनै राजनीतिक दलको महत्त्वपूर्ण ओहदामा विराजमान छन्। अब यही परम्परालाई निरन्तरता दिँदै वर्तमान सभापति सुनिल छेत्रीले पनि छात्र राजनीतिबाट बिदा लिएर प्रत्यक्ष संसदीय चुनावमा होमिने तयारी गरेपछि, डिसेम्बर महिनादेखि नै गोर्खा संघ-संस्था वृत्तमा सामाजिक माध्यमहरुमा चलेका निक्कै चर्चा हरु बिच आज एउटै प्रश्नले तापक्रम बढाएको छ— पुराना फाइलहरू बन्द गर्दै अब अधिवेशनसम्मका लागि आग्सुको ‘अन्तरिम सभापति’ को बन्ला?

नयाँ संविधानअनुसार आग्सुमा अहिले पाँच जना उपसभापति छन्। व्यवस्थाअनुसार त्यहाँ एक पद महिलाका लागि आरक्षित हुनुपर्ने हो। तर अचम्मको कुरा के छ भने पाँचवटै पद खाली छैनन्, भरिभराउ छन्, तर त्यहाँ एक जना पनि महिला उपसभापति छैनन्! महिला आरक्षण छ तर महिला छैनन् भन्ने यो विडम्बनापूर्ण अवस्थाका बीच यिनै पाँच जनामध्येबाट एकले अन्तरिम नेतृत्व सम्हाल्नु पर्नेछ। तर आन्तरिक गणितको खेल अर्कै छ। उपसभापति जयराज छेत्री हाल नेतृत्व लिने मुडमा पटक्कै देखिँदैनन् भने अर्का उपसभापति दिलीप गजुरेल संगठनभन्दा दलीय राजनीतितर्फ बढी ढल्किएकाले र नयाँ पुस्तालाई बाटो छोड्ने पक्षमा छन्। कार्यकारिणीमा राम्रो पकड भए पनि गणितीय हिसाबमा रोहित लमसाल रेसको दोस्रो नम्बरमा खुम्चिएका छन्, जसले गर्दा उनीहरू अन्तरिम सभापतिको रणबाट लगभग बाहिरिसकेका छन्। यस्तोमा भिडन्त सिधै दुई जनाबीच छ— बिटीआर (BTR) बाट आउने राजु बजगाईं र सञ्जीव चौहान। वर्तमान सभापति सुनिल छेत्रीलाई नेतृत्वमा ल्याउन महत्त्वपूर्ण भूमिका खेलेका र उनीसँग आन्तरिक निकटता रहेका बजगाईंको सम्भावनालाई नकार्न सकिँदैन। तर, हरेक अप्ठ्यारो परिस्थितिमा  ‘संकटमोचक’ बनेर खटिएका सञ्जीव चौहानको नाम अहिले सबैभन्दा बढी चर्चामा छ। समसामयिक अवस्था र गणितलाई हेर्दा अधिवेशनसम्मको अन्तरिम सभापतिको रूपमा सञ्जीव चौहानलाई नै सबैभन्दा बलियो र स्वाभाविक दाबेदार मानिएको छ तर याहा अन्तिम सिद्धान्त आग्सुको‌ केन्द्रिय कार्यकारिणीले लिने छ  ।

याहा विशेष गरि अन्तरिम सभापतिको यो कथा त ट्रेलर मात्र हो, सिंगो फिल्म त अधिवेशनबाट निर्वाचित भएर आउने पूर्ण कार्यकालको नेतृत्व चयनमा देखिनेछ। आग्सुको १मार्चमा आयोजित वर्धित कार्यकारिणीमा जुलाई भित्र अधिवेशन आह्वान गर्ने सिद्धान्त पछि हालका मूलसचिव नुमल छेत्री आगामी सभापतिको सबैभन्दा बलियो प्रत्याशीका रूपमा उभिएका छन्। यदि माथिल्लो असमबाट उनी सभापति भए भने ,, त्येसो हुदा मूलसचिवको कुर्सीमा को बस्ला? यो दौड निकै पेचिलो बनेको छ। एकातिर हाल बहुचर्चित रहेका आग्सुका शिक्षा सचिव टिंकु पौडेल मैदानमा छन् भने अर्कोतिर बिटीआरबाट संगठनभित्रको सहानुभूति र समर्थन बोकेका केन्द्रीय सचिव जन चौहान बलियो प्रत्याशी मानिएका छन्। यसैगरी, माथिल्लो असमबाट हालका सांगठनिक सचिव दीपक नेवार र सभापतिको विश्वासपात्र मानिएका र संगठनमा लामो अनुभव रहेका हालका प्रचार सचिव सोमराज सोनार पनि मुलपदमा आउने सम्भावना कम नभ्एको हैन। तर यो भिडन्त केन्द्रीय नेताहरूमा मात्र सीमित छैन। जिल्ला समितिहरूबाट पनि केन्द्रीय नेतृत्वका दाबेदार नरहेका हैनन्। हाल उदालगुरी जिल्लाका सभापति राम छेत्री र धेमाजीका सभापति सोमराज पुरीले पनि यो दौडमा आफूलाई उभ्याएपछि आगामी नेतृत्व चयनमा ‘माथिल्लो असम भर्सेस बिटीआर’ वा ‘जिल्ला भर्सेस केन्द्र’ को रोमाञ्चक लुकाचौरि हेर्न पाइने पक्का छ।

यी सम्पूर्ण सांगठनिक जोडघटाउ र चर्चाको ‘रिमोट कन्ट्रोल’ भने फेरी वर्तमान सभापति सुनिल छेत्रीको ‘नदुवार’ यात्रामा गएर ठोक्किन्छ। छेत्री नदुवार विधानसभा क्षेत्रबाट चुनावी रणमा उत्रिने व्यापक चर्चा छ चलिरहेको बिचमा हाल सम्म कुरा स्पष्ट भ्एको छैन तर छेत्रीले राजनैतिक ईच्छा देखाए पनि  नदुवारको मैदान उनका लागि त्यति सजिलो भने पक्कै छैन। त्यहाँ हाल भाजपाका शक्तिशाली विधायक पद्म हजारिकाको दरो उपस्थिति छ। नदुवारमा गोर्खा भोटरको संख्या धेरै भए पनि बहुसंख्यक गोर्खाहरू भाजपाकै पक्षमा छन्। यस्तो अवस्थामा हजारिकाको वर्चस्वलाई चिरेर सुनिल छेत्रीले भाजपाबाटै टिकट पाउने वा त्यहाँ गएर राजनीतिक योगदान गर्न सक्ने सम्भावना निकै कम देखिन्छ। यद्यपि, राजनीतिमा रातारात विचार र अवस्था बदलिनु कुनै ठूलो कुरा होइन, उनी भाजपामा पनि जान सक्छन्। तर, अर्कोतर्फ कंग्रेसले नदुवारमा गोर्खा उम्मेदवारलाई टिकट दिने चर्चा पनि उत्तिकै तातेको छ। छात्र संगठनबाट बिदा लिने बित्तिकै संसदीय निर्वाचनमा होमिने छेत्रीको तीव्र चाहनाले उनलाई कंग्रेसको कित्तामा उभ्याउन सक्ने सम्भावनालाई पनि विश्लेषकहरूले मिहिन रूपमा निहालिरहेका छन्। त्यसमाथि राम प्रसाद शर्मा जस्ता दिग्गज नेता पनि यही रणमा रहेकाले नदुवारको भिडन्त र छेत्रीको राजनीतिक अवतरणले आग्सुको भावी राजनीतिलाई कुन मोड दिन्छ, त्यो हेर्न निकै रोचक हुनेछ।

Wedding · Cinematic · Album

Kaanchi Multimedia

We capture your happiness, frame by frame.

Call 93947 82283

आग्सु भित्रको आन्तरिक ‘महाभारत’: पत्रको राजनीति र ओझेलमा परेका मुद्दाहरूमाथि एक विशेष विश्लेषण

0

आग्सुमा अनुशासन र असन्तुष्टिको लडाइँ: केन्द्रीय समितिको पत्र कि सचिवहरूको अडान? कसको तर्क कति जायज?

अहिले एउटा यस्तो समय छ, जहाँ संस्थाहरू भित्रको आन्तरिक लोकतन्त्र र अनुशासनको परिभाषा बदलिँदै गएको देखिन्छ। अखिल असम गोर्खा छात्र संघ (आग्सु) मा अहिले यस्तै एउटा सांगठनिक ‘महाभारत’ मच्चिएको छ, जहाँ एउटा पक्षले ‘मर्यादा’ को कुरा गरिरहेको छ भने अर्को पक्षले ‘महत्त्वपूर्ण मुद्दा’ को। आज २० फेब्रुअरी २०२६ मा आग्सुका तीन विभागीय सचिवहरू— टिंकु पौडेल, कमल ढकाल र सुरेश पाण्डेले आह्वान गरेको एउटा प्रेस मिट र त्यसलाई रोक्न केन्द्रीय समितिले चालेको कदमले संगठनभित्रको कार्यशैलीमाथि धेरै गम्भीर प्रश्नहरू उब्जाइदिएको छ।

सबैभन्दा पहिले चर्चा गरौँ केन्द्रीय समितिले जारी गरेको त्यो पत्रको, जसमा ‘संगठनात्मक मर्यादा’ लाई ढाल बनाइएको छ। मुलसचिव नुमल छेत्रीद्वारा हस्ताक्षरित पत्रले प्रस्ट भन्छ कि केन्द्रीय समितिको पूर्व स्वीकृति बिना कुनै पनि सार्वजनिक गतिविधि गर्नु विधान विपरीत हो। यो एउटा यस्तो पत्र हो, जसले अनुशासनको डण्डा चलाएको छ। यहाँनिर एउटा  प्रश्न उठछ — आग्सुको वर्तमान नेतृत्वलाई, के अनुशासनको नाममा संवादको ढोका थुन्न खोजिएको त होइन? यदि आफ्नै पदाधिकारीहरूले केही कुरा सार्वजनिक गर्न चाहेका थिए भने, त्यसलाई संगठनको आन्तरिक मञ्चमै छलफल गरेर किन टुंग्याइएन? के नेतृत्वले सचिवहरूले उठाउन खोजेका मुद्दाहरूलाई अवहेलना गरेकै कारण उनीहरू बाध्य भएर मिडियाको शरणमा पुगेका हुन्? जनता र कार्यकर्ता जान्न चाहन्छन्— के यो केवल अनुशासनको पालना हो कि कसैको मुख थुन्ने प्रयास?

​तर, निष्पक्षताको कसीमा राखेर हेर्ने हो भने अर्को पक्षलाई पनि उत्तिकै तिखो प्रश्न सोध्नुपर्ने हुन्छ। ती सचिवहरूले जसरी एकपक्षीय रूपमा प्रेस मिट आह्वान गरे, के त्यो सांगठनिक दायराभित्र पर्ने कुरा हो? कुनै पनि संस्थामा काम गर्दा त्यसका केही स्थापित मूल्य-मान्यता र सामुहिक निर्णय प्रक्रिया हुन्छन्। यदि ती सचिवहरूले आफ्ना मुद्दाहरू पहिले पूर्व र वर्तमान नेतृत्वको टेबलमा राखेका थिए र त्यहाँ सुनुवाइ भएन भने, उनीहरूको विद्रोह स्वाभाविक मान्न सकिन्छ। तर, विमर्शको बाटो नै नखोजी सिधै क्यामेराको अगाडि उभिनुले कतै न कतै संगठनको गरिमालाई सडकमा ल्याएको त छैन? यो पनि एउटा गम्भीर विश्लेषणको विषय हो। के व्यक्तिगत असन्तुष्टिलाई सांगठनिक मुद्दा बनाइएको हो वा साँच्चै जातिको हितका लागि यो ‘विद्रोह’ गरिएको हो?

​अहिले आग्सु भित्र एउटा यस्तो गतिरोध (Deadlock) सिर्जना भएको छ, जहाँ पत्रले प्रेस मिट रोकिएको घोषणा त गरेको छ, तर आयोजक सचिवहरूका तर्फबाट कार्यक्रम रद्द भएको कुनै औपचारिक जानकारी बाहिर आएको छैन। यसले के देखाउँछ भने, आग्सुको नेतृत्व र यी सचिवहरू बीचको विश्वासको खाडल निकै गहिरो भइसकेको छ। नेतृत्वले सचिवहरूको प्रयासलाई ‘स्वेच्छाचारी’ भन्नु र सचिवहरूले ‘महत्त्वपूर्ण मुद्दा’ को कुरा गर्नुले यो केवल एउटा प्रेस मिटको झगडा मात्र होइन, यो त आग्सु भित्रको कार्यशैली र वैचारिक टकरावको एउटा ठूलो तस्बिर हो।

अब सबैको ध्यान आगामी २८ फेब्रुअरीमा बस्ने केन्द्रीय कार्यकारिणी समितिको बैठकमा अडिएको छ। के त्यो बैठकले यी दुवै पक्षका तर्कहरूलाई न्यायोचित ढंगले सुन्नेछ? कि केवल पत्रको सहारामा अनुशासनको कारबाही गरेर मुद्दाहरूलाई दबाइनेछ? यदि आग्सुलाई मजबुत बनाउने हो भने, नेतृत्वले आफ्ना सहकर्मीहरूको विश्वास जित्नुपर्छ र पदाधिकारीहरूले सांगठनिक मर्यादाको पालना गर्नुपर्छ। यो ‘पत्र–युद्ध’ ले २८ फेब्रुअरीमा कस्तो निकास दिन्छ, त्यो हेर्न बाँकी नै छ। तर अहिलेलाई यति चाहिँ भन्न सकिन्छ— जब संगठनभित्र संवाद हराउँछ, तब यस्तै महाभारतहरू मच्चिने गर्छन्।

विस्तृत र निष्पक्ष जानकारीका लागि हेर्दै रहनुहोस्: nelive24.in

Wedding · Cinematic · Album

Kaanchi Multimedia

We capture your happiness, frame by frame.

Call 93947 82283

পৰিচয়ৰ মৰ্যাদা আৰু ৰাজনীতিৰ অশালীনতা: গোৰ্খা সমাজক কৰা অপমানৰ বিৰুদ্ধে এতিয়া ৰাজপথত প্ৰতিবাদৰ জুই

কংগ্ৰেছক বৰ্জনৰ হুংকাৰ! হাইজুদ্দিন আহমেদৰ মন্তব্যক লৈ একত্ৰিত হ’ল AGS, ANSS, AAGSU, BGP আৰু S-UGPO।

Nelive24.in: আজিৰ এই প্ৰতিবেদনত আমি এটা শব্দৰ চৰ্চা কৰিম যিটো শব্দক লৈ এটা গৌৰৱময় জাতিৰ আবেগ জড়িত হৈ আছে। আপুনি কেতিয়াবা ভাবিছেনে, যিটো পৰিচয়ৰ বাবে আপুনি গৌৰৱ কৰে, সেই পৰিচয়টোৱেই যদি কাৰোবাৰ বাবে গালি হৈ পৰে, তেন্তে আপোনাৰ কেনে লাগিব?  এটা ব্যক্তিগত নিউজ চেনেলৰ তৰ্ক অনুষ্ঠানত আমি তেনে এক দৃশ্যই দেখিবলৈ পালোঁ, য’ত অসম প্ৰদেশ কংগ্ৰেছৰ মুখপাত্ৰ হাইজুদ্দিন আহমেডে বিজেপিৰ মুখপাত্ৰক আক্ৰমণ কৰিবলৈ গৈ ‘নেপালী’ শব্দটোক এনেদৰে ব্যৱহাৰ কৰিলে যেন ই কোনো এক গালিহে। এয়া কেৱল এটা শব্দৰ ভুল নহয়, বৰঞ্চ এক গভীৰ সাম্প্ৰদায়িক মানসিকতাৰ প্ৰতিফলন, যিয়ে অসমৰ এক বৃহৎ জনগোষ্ঠীক মৰ্মাহত কৰিছে।
এই অপমানৰ বিৰুদ্ধে এতিয়া উজনি অসমৰ ডিব্ৰুগড় আৰু তিনিচুকীয়াত ক্ষোভৰ জুই জ্বলিছে। আজি তিনিচুকীয়াৰ থানা চাৰিআলিত সদৌ অসম গোৰ্খা ছাত্ৰ সন্থা (আগছু) ৰ তিনিচুকীয়া জিলা সমিতিৰ উদ্যোগত এক উত্তাল প্ৰতিবাদী কাৰ্যসূচী ৰূপায়ণ কৰা হয়। প্ৰতিবাদত উপস্থিত থাকি জিলা সাধাৰণ সম্পাদক শেখৰ গুৰুংয়ে সংবাদ মাধ্যমৰ আগত হুংকাৰ দি কয় যে “গোৰ্খা সমাজক অপমান কৰিলে এতিয়া আৰু সহ্য কৰা নহ’ব।” শেখৰ গুৰুংয়ে স্পষ্ট কৰি দিয়ে যে অসমীয়া জাতিৰ অবিচ্ছেদ্য অংগ খিলঞ্জীয়া গোৰ্খা সমাজক লৈ এনে দায়িত্বহীন মন্তব্য কোনো কাৰণতে গ্ৰহণযোগ্য নহয় আৰু হাইজুদ্দিন আহমেডে ইয়াৰ বাবে ৰাজহুৱাকৈ ক্ষমা খুজিবই লাগিব। প্ৰতিবাদকাৰীসকলে থানা চাৰিআলিত আহমেদৰ পুত্তলিকা দাহ কৰি তীব্ৰ ক্ষোভ উজাৰে।
ইফালে, অসম গোৰ্খা সন্মিলন (AGS), অসম নেপালী সাহিত্য সভা (ANSS), সদৌ অসম গোৰ্খা ছাত্ৰ সন্থা (AAGSU) আৰু ভাৰতীয় গোৰ্খা পৰিসংঘ (BGP) এতিয়া এই বিষয়ত একগোট হৈছে। AGS-ৰ সভাপতি কৃষ্ণ ভুজেল, ANSS-ৰ সভাপতি ড° চিন্তামণি শৰ্মা আৰু BGP-ৰ সভাপতি অমৰ অধিকাৰীৰ দৰে নেতৃবৰ্গই একমুখে এই সাম্প্ৰদায়িক মন্তব্যক তীব্ৰ গৰিহণা জনাইছে। তেওঁলোকৰ দাবী একেটাই— হাইজুদ্দিন আহমেদক কেৱল নিলম্বন কৰিলে নহ’ব। যদিও অসম প্ৰদেশ কংগ্ৰেছ কমিটিয়ে এক নিৰ্দেশযোগে (Ref. Med/APCC/Order/25-26/118) হাইজুদ্দিন আহমেদক তাৎক্ষণিকভাৱে নিলম্বন কৰিছে, কিন্তু সংগঠনসমূহৰ মতে তেওঁক দলৰ প্ৰাথমিক সদস্য পদৰ পৰা বহিষ্কাৰ কৰিব লাগে। ভাৰতীয় গোৰ্খা পৰিসংঘৰ প্ৰশাসনিক সাধাৰণ সম্পাদক নন্দ কিৰাতী দেৱানে চৰম সকীয়নী দিছে যে যদিহে কংগ্ৰেছ দলে এই ক্ষেত্ৰত অধিক কঠোৰ পদক্ষেপ গ্ৰহণ নকৰে, তেন্তে আগন্তুক নিৰ্বাচনত গোৰ্খা সমাজে দলটোক সম্পূৰ্ণৰূপে বৰ্জন কৰিব। যিটো কংগ্ৰেছ দলৰ জন্মৰ ইতিহাসত বাবু ছবিলাল উপাধ্যায়ৰ দৰে গোৰ্খা সন্তানৰ তেজ-ঘাম নিহিত হৈ আছে, সেই দলৰ মুখপাত্ৰই একেটা সমাজকে অপমান কৰাৰ সাহস ক’ত পালে, সেয়া এতিয়া এক ডাঙৰ প্ৰশ্ন।

Wedding · Cinematic · Album

Kaanchi Multimedia

We capture your happiness, frame by frame.

Call 93947 82283
0

लखिमपुरमा गोर्खा ‘सुरक्षित’: ऐतिहासिक जितको खुसी मनाउँदा बीटीआरको भुमी विषयले  गम्भीर प्रश्न उत्तर खोजदैन !

लखिमपुरको जित, बीटीआरको मौनता र ‘काम हुँदैछ’ भन्ने अनन्त आश्वासन

— सम्पादकीय विश्लेषण (Nelive24)

के कुनै सरकारी कागजको टुक्राले मान्छेको निद्रा फर्काउन सक्छ ? यदि तपाईं लखिमपुरको ट्राइबल बेल्टमा बस्ने गोर्खा हुनुहुन्छ भने, आजको रात पक्कै पनि तपाईंको जवाफ ‘हो’ हुनेछ। वर्षौंदेखिको सङ्घर्ष, दर्जनौँ ज्ञापनपत्र र अनगिन्ती बैठकपछि जब लखिमपुरका गोर्खाहरूले ‘सुरक्षित श्रेणी’ को दर्जा पाए, तब यो केवल एउटा प्रशासनिक आदेश मात्र रहेन, यो अस्तित्वको लडाइँमा एउटा ठूलो जित बन्यो। असम गोर्खा सम्मेलन र आग्सु लगायतका नेतृत्व जसले फाइल बोकेर गुवाहाटीको सचिवालयका सिँढीहरू हजारौँ पटक उक्ले, उनीहरूको पसिनाको मूल्य आज यो निर्णयले चुकाएको छ। यसका लागि उहाँहरू निसन्देह बधाईका पात्र हुनुहुन्छ साथै असम सरकारका माननीय मुख्यमन्त्री पनि धन्यवादको पात्र हुनुहुन्छ।

तर, उत्सवको यो माहोलमा अलिकति पछाडि फर्केर इतिहासको धुलो टक्टक्याउन जरुरी छ। आज हामी जुन अधिकारलाई ‘उपलब्धि’ मानिरहेका छौँ, के त्यो वास्तवमै नयाँ हो ? इतिहासका पाना पल्टाउने हो भने असममा ब्रिटिस शासनकालमै, जब १८८६ को ‘असम ल्याण्ड एण्ड रेभिन्यू रेगुलेसन’ बन्दै थियो, गोर्खाहरूलाई यो माटोको अभिन्न अंग मानिएको थियो। ब्रिटिसहरूले गोर्खालाई केवल सिपाही मात्र होइन, यहाँका ‘ग्रेजियर्स’ र मेहनती किसानका रूपमा पहिचान दिएर जमिनको अधिकार दिएका थिए। विडम्बना कस्तो रह्यो भने, विदेशी शासकले दिएको त्यो अधिकार आफ्नै देशको स्वतन्त्र व्यवस्थामा बारम्बार प्रमाणित गरिरहनुपर्यो। आज लखिमपुरमा जे भयो, त्यो सरकारले दिएको उपहार होइन, त्यो त इतिहासले खोसेको न्याय फिर्ता गरेको क्षण हो जस्को लागी असमका मुख्य मन्त्री महोदय प्रति आभार व्यक्त गर्नु पनि उत्तिक्कै आवश्यक छ।

यहीँनेर एउटा गम्भीर प्रश्न उठ्छ, जसले आज हरेक सचेत गोर्खाको मनमा घोचिरहेको छ— बीटीआर (BTR) को कथा कहाँ पुग्यो ?

​लखिमपुरको समस्या समाधान हुँदा बीटीआरको ‘संस्थागत अधिकार’ प्राप्तिको सङ्ग्राम किन अझै रहस्यमय छ ? यहाँ दृश्य निकै विरोधाभासपूर्ण छ। गोर्खा समाज आज ‘आन्दोलन’ र ‘आश्वासन’ को दोसाधमा उभिएको छ। एउटा संस्था सडकमा नारा लगाउँछ, चर्को भाषण गर्छ र भन्छ— “अधिकार नपाएसम्म विश्राम लिन्नौँ।” ठीक त्यही बेला अर्को संस्था वा नेतृत्व वर्ग भन्छ— “हल्ला नगरौँ, भित्रभित्रै काम हुँदैछ, कुरा मिलिसक्यो।” आम जनता अन्योलमा छन्। के त्यो ‘काम’ कहिल्यै नसकिने प्रक्रिया हो ? बीटीआर सम्झौता भएको यति समय बितिसक्दा पनि त्यहाँका गोर्खाहरूले आफ्नो अधिकारलाई कागजमा होइन, भाषणमा मात्रै सुरक्षित देखिरहेका छन्।

“काम हुँदैछ” भन्ने वाक्य कतै आन्दोलनको रापलाई शान्त पार्ने ‘पेनकिलर’ त होइन ? कि आन्दोलन पनि अर्कैको पेट्रोलमा चलने गाड़ी भ्एको छ !

असम सरकार, विशेष गरी मुख्यमन्त्री डा. हिमन्त विश्व शर्माको कार्यकालमा गोर्खा मुद्दाहरूले जसरी एकपछि अर्को निकास पाइरहेका छन्, त्यसले नियतमा शंका गर्ने ठाउँ कम दिएको छ। तर, बीटीआरको सवालमा देखिएको ढिलासुस्ती र संघ-संस्थाहरू बीचको ‘क्रेडिट’ लिने होडबाजी वा सूचनाको अस्पष्टताले शंका उब्जाउँछ। एउटा टोली आन्दोलन गर्ने, अर्को टोली वार्ता गर्ने— यो रणनीति हो कि बाध्यता ? यदि वार्ता सफल भइरहेको छ भने बीटीआरका गोर्खाहरूले परिणाम कहिले देख्ने ? आनि आन्दोलनै उपाय हो भने खै त समाधान को सूत्रधार भ्एको ,,,

लखिमपुरको जितले एउटा नजिर स्थापित गरेको छ— यदि तथ्य, तर्क र दबाब सही ठाउँमा पर्यो भने सरकार सुन्न बाध्य हुन्छ। अब नेतृत्व वर्गले त्यही इच्छाशक्ति बीटीआरको सवालमा पनि देखाउनु पर्छ। जनता अब प्रक्रियामा होइन, परिणाममा विश्वास गर्न थालेका छन्। पराधिनताको संग्राममा समयले दिएको पहिचानलाई जोगाउन ,,हाम्रो देश स्वतन्त्र भारतमा ७० वर्ष लाग्यो भने, बीटीआरको ‘संस्थागत अधिकार’ को फाइल  हुन अर्को कति पुस्ता कुर्नुपर्ने हो ?

​नेतृत्वलाई आजको सफलताको लागि सलाम छ, तर बीटीआरको प्रश्न अझै जिउँदै छ। याद राखौँ, इतिहासले ‘प्रयास’ गर्नेहरूको होइन, ‘परिणाम’ ल्याउनेहरूको नाम लेख्छ। के नेतृत्वले अबको मितिमा आश्वासन होइन, अधिकारको घोषणा सुनाउन सक्ला ? घडीको सुई टिक-टिक गरिरहेको छ।

Wedding · Cinematic · Album

Kaanchi Multimedia

We capture your happiness, frame by frame.

Call 93947 82283

युवा लेखक तथा ‘आग्सु’ नेता प्रकाश कोइरालालाई ‘युवा प्रतिभा पुरस्कार २०२६’ प्रदान

राष्ट्रिय युवा दिवसको अवसरमा युवा लेखक प्रकाश कोइरालालाई ‘युवा प्रतिभा पुरस्कार–२०२६’

गुवाहाटी:

राष्ट्रिय युवा दिवस तथा स्वामी विवेकानन्दको जन्मजयन्तीको पावन अवसरमा भारतीय जनता युवा मोर्चा (BJYM), असम प्रदेशले बाक्सा जिल्लाका उदीयमान युवा लेखक तथा अखिल असम गोर्खा छात्र संघ (AAGSU) केन्द्रीय समितिका साङ्गठनिक सचिव प्रकाश कोइरालालाई ‘युवा प्रतिभा पुरस्कार–२०२६’ बाट सम्मानित गरेको छ।

​गुवाहाटीमा आयोजित “आत्मनिर्भर असम गढा – युवा शक्तिको द्वारा” शीर्षकको विशेष समारोहमा भाजपा असम प्रदेशका अध्यक्ष तथा सांसद दिलीप शैकियाले कोइरालालाई यो प्रतिष्ठित पुरस्कार प्रदान गर्नुभयो। साहित्य, इतिहास तथा समाजचेतन लेखनमार्फत युवापुस्तालाई निरन्तर प्रेरणा प्रदान गरेको र सामाजिक संगठनमा सक्रिय योगदान पुर्‍याएको कदरस्वरूप उनलाई यो सम्मान प्रदान गरिएको हो।

हालै मात्र असम सरकारबाट ‘युवा लेखक पुरस्कार’ समेत प्राप्त गरिसकेका कोइरालाको सामाजिक र साहित्यिक सक्रियतालाई राज्यस्तरमा उच्च प्राथमिकताका साथ हेरिएको छ। प्राप्त सम्मान पत्रमा असमका माननीय मुख्यमन्त्री डा. हिमन्त विश्व शर्मा, भाजपा असम प्रदेशका अध्यक्ष दिलीप शैकिया र भाजयुमोका प्रदेश अध्यक्ष राकेश दासको हस्ताक्षर रहेको छ।

​सम्मान पत्रमा स्वामी विवेकानन्दको आदर्शबाट अनुप्राणित भई कोइरालाले समाज निर्माणमा देखाएको निष्ठा र जिम्मेवारीबोधलाई अन्य युवाहरूका लागि एक अनुपम उदाहरणको रूपमा उल्लेख गरिएको छ। उहाँको लेखन र साङ्गठनिक नेतृत्वले युवा समाजमा आत्मविश्वास र नयाँ आशा जगाउन सफल भएको कुरा सम्मान पत्रमा समेटिएको छ।

बाक्सा जिल्लाका लागि गौरवको विषय बनेको यो सम्मानले कोइरालाको आगामी साहित्यिक र सामाजिक यात्रालाई थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।

​#newsupdates #nelive24 #NationalYouthDay #AssamYouthAward #PrakashKoirala #AAGSU #BJYM #AssamNews

Wedding · Cinematic · Album

Kaanchi Multimedia

We capture your happiness, frame by frame.

Call 93947 82283

कार्बी आङलोङ स्वायत्त परिषदको कफी बोर्ड अध्यक्षमा राजु भट्टराई नियुक्त; गोर्खा समाजमा उत्साह

0

कार्बी आङलोङ स्वायत्त परिषदको कफी बोर्ड अध्यक्षमा राजु भट्टराई नियुक्त; गोर्खा समाजमा उत्साह

[Nelive24], पश्चिम कार्बी आङलोङ अविभाज्य कार्बी आङलोङ जिल्लाका प्रतिष्ठित नेता तथा जुझारु व्यक्तित्व श्री राजु भट्टराई कार्बी आङलोङ स्वायत्त परिषद (KAAC) अन्तर्गतको कफी बोर्ड (Coffee Board) को अध्यक्ष पदमा नियुक्त हुनुभएको छ। कार्बी आङलोङ स्वायत्त परिषद सचिवालयको तर्फबाट उहाँलाई यस गरिमामय पदको जिम्मेवारी सुम्पिएको हो।

कुशल संगठकको नयाँ जिम्मेवारी पश्चिम कार्बी आङलोङको उम्लाफेर निवासी राजु भट्टराई लामो समयदेखि सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय हुनुहुन्छ। उहाँ अविभाज्य कार्बी आङलोङ जिल्ला ‘आग्सु’ (AAGSU) का पूर्व मूल सचिव समेत हुनुहुन्छ। हाल भारतीय जनता पार्टीका निष्ठावान नेताका रूपमा परिचित भट्टराईले असम गोर्खा सम्मेलन पश्चिम कार्बी आङलोङ जिल्ला समितिको सभापति पदको जिम्मेवारी समेत कुशलतापूर्वक निभाइरहनुभएको छ।

क्षेत्रीय विकासमा टेवा पुग्ने विश्वास परिषदको कफी बोर्ड जस्तो महत्वपूर्ण विभागको नेतृत्व सम्हालेसँगै यस क्षेत्रमा कफी खेतीको प्रवर्द्धन र स्थानीय कृषकहरूको उत्थानमा नयाँ उचाई प्राप्त हुने विश्वास गरिएको छ। एक निष्कलंक छवि र जातीय सँग्रामीको रूपमा चिनिनुहुने भट्टराईको नियुक्तिलाई लिएर गोर्खा समुदायका विभिन्न संघ-संस्थाहरूले खुसी व्यक्त गरेका छन्।

बधाई तथा शुभकामनाको ओइरो भट्टराईको यस सफलतामा विभिन्न तहका सामाजिक कार्यकर्ता, बुद्धिजीवी र शुभचिन्तकहरूले बधाई ज्ञापन गरेका छन्। उहाँको सफल, पारदर्शी र प्रभावकारी कार्यकालको कामना गर्दै क्षेत्रको विकासमा उहाँको योगदान कोशेढुङ्गा साबित हुने अपेक्षा राखिएको छ।

Wedding · Cinematic · Album

Kaanchi Multimedia

We capture your happiness, frame by frame.

Call 93947 82283

গোৰ্খা জনগোষ্ঠীৰ সমস্যাৰ সমাধানৰ বাবে মুখ্যমন্ত্ৰীৰ সৈতে আগছুৰ বৈঠক

0

গোৰ্খা জনগোষ্ঠীৰ সমস্যাৰ সমাধানৰ বাবে মুখ্যমন্ত্ৰীৰ সৈতে আগছুৰ বৈঠক
গুৱাহাটী, দিছপুৰ, জনতা ভৱনঃ অসমৰ মুখ্যমন্ত্ৰী ড° হিমন্ত বিশ্ব শৰ্মাৰ উপস্থিতিত গোৰ্খা জনগোষ্ঠীৰ নানাবিধ সমস্যা আৰু দাবী সম্বন্ধে এক বিশেষ বৈঠক অনুষ্ঠিত হয়। বৈঠকত মুখ্যমন্ত্ৰীৰ সৈতে মন্ত্ৰী পিযুষ হাজৰিকা আৰু জয়ন্ত মল্ল বৰুৱা উপস্থিত থাকে।
সদৌ অসম গোৰ্খা ছাত্ৰ সন্থা (আগছু)-ৰ বৃহৎ প্ৰতিনিধি দলে বৈঠকত অংশ লয়। আগছুৰ সভাপতি সুনীল ছেত্ৰী, সাধাৰণ সম্পাদক নোমল ছেত্ৰী, উপদেষ্টা বিৰেন্দ্ৰ চুব্বা, বিটিআৰ কেন্দ্ৰীয় নেতৃবৰ্গ, ক্ষেত্ৰীয় সমিতিৰ সভাপতি-সম্পাদক লগতে বিটিআৰ অন্তৰ্গত পাঁচটা জিলা সমিতিৰ সভাপতি উপস্থিত থাকে। লগতে অসম গোৰ্খা সন্মিলনৰ প্ৰতিনিধি দলেও বৈঠকত অংশগ্ৰহণ কৰে গোৰ্খা সন্মিলন কেন্দ্ৰীয় সভাপতি কৃষ্ণ ভুজেলৰ নেতৃত্বত সন্মিলন কাৰ্যকৰ্তাসকল সভাত উপস্থিত আছিল।
এই বৈঠকত বিশেষকৈ বিটিআৰ অঞ্চলত বসবাস কৰা গোৰ্খা জনগোষ্ঠীৰ নানাবিধ সমস্যা গভীৰভাৱে আলোচনা কৰা হয়। আগছুৰ তৰফৰ পৰা মুখ্যমন্ত্ৰীৰ হাতত দশ দফা দাবী সম্বলিত এক স্মাৰক পত্ৰ প্ৰদান কৰা হয়। দাবীসমূহৰ ভিতৰত গোৰ্খা জনগোষ্ঠীৰ সাংবিধানিক সুৰক্ষা নিশ্চিত কৰাৰ বাবে গোৰ্খা স্বায়ত্তশাসিত পৰিষদ(GAC) গঠন, চিকিৎসা, অভিযান্ত্ৰিক, নাৰ্সিং, কৃষি আদি উচ্চ শিক্ষাত গোৰ্খা ছাত্ৰছাত্ৰীসকলক বিশেষ সুবিধা প্ৰদান, বিটিআৰ চুক্তি অনুসৰি গোৰ্খা জনগোষ্ঠীৰ সুৰক্ষা আৰু সংৰক্ষণ, বনাঞ্চলত বসবাস কৰা গোৰ্খাসকলৰ ভূমি অধিকাৰ প্ৰদান, স্বাস্থ্য সেবা আৰু শিক্ষাৰ সুৰক্ষা, বিটিআৰত গোৰ্খা জনগোষ্ঠীৰ বাবে MCLA আসন সংৰক্ষণ, ২০২৬ বিধানসভা নিৰ্বাচনত গোৰ্খা অধ্যুষিত এলেকাৰ পৰা প্ৰাৰ্থী মনোনয়ন, বৰ্তমানেও বাদপৰি থকা গোৰ্খা জনগোষ্ঠীৰ বিশেষ উপাধিক OBC তালিকাত অন্তৰ্ভুক্ত কৰা, শোণিতপুৰ জিলাত গোৰ্খা সাংস্কৃতিক গৱেষণা কেন্দ্ৰ স্থাপন, বডোলেণ্ড আন্দোলনত ক্ষতিগ্ৰস্ত গোৰ্খা পৰিয়ালসমূহক পুনৰ স্থাপন আৰু বিদ্যালয়-মহাবিদ্যালয়- বিশ্ববিদ্যালয়ত গোৰ্খা ছাত্ৰছাত্ৰীসকলৰ মাতৃভাষাত অধ্যয়ন সুবিধা অন্তৰ্ভুক্ত আছে।
প্ৰচাৰ সম্পাদক সোমৰাজ সোনাৰে জনাইছে যে আগছুৰ এই বৈঠক গোৰ্খা জনগোষ্ঠীৰ সমস্যাৰ সমাধানৰ দিশে এক গুৰুত্বপূৰ্ণ পদক্ষেপ হিচাপে পৰিগণিত হ’ব।


Wedding · Cinematic · Album

Kaanchi Multimedia

We capture your happiness, frame by frame.

Call 93947 82283
- Advertisement -

Wedding · Cinematic · Album

Kaanchi Multimedia

We capture your happiness, frame by frame.

Call 93947 82283