Header Ad 272×90
Home Tags Assam Gorkha Sammelan

Tag: Assam Gorkha Sammelan

पासनै परिषदिया समष्टिका पूर्व स्वतन्त्र उम्मेदवार तथा गोर्खा नेता राजु ढकालको BPF मा प्रवेश, आगामी निर्वाचनमा कस्तो पर्ला प्रभाव?

0

उदालगुरी: आगामी निर्वाचनको सरगर्मी बढ्दै गर्दा BTR को राजनीतिमा नयाँ र रोचक मोड देखा परेको छ। विगतको BTR परिषदीय निर्वाचनमा पासनै समष्टिबाट स्वतन्त्र उम्मेदवारको रूपमा चुनाव लडेर जनतामाझ आफ्नो बलियो प्रभाव र वर्चस्व विस्तार गर्न सफल सामुहिक नेता तथा जुझारु गोर्खा नेता राजु ढकाल औपचारिक रूपमा बोडोल्याण्ड पिपुल्स फ्रन्ट (BPF) मा प्रवेश गरेका छन्। आज उदालगुरीमा आयोजित एक भव्य र विशेष कार्यक्रमका बीच BTC प्रमुख हाग्रामा महिलारीको प्रमुख उपस्थितिमा ढकालले BPF पार्टीको सदस्यता ग्रहण गर्दै झण्डा समाएका हुन्। यस प्रवेशले स्थानीय राजनीतिमा ठूलो हलचल ल्याउने आशंका गर्न सकिन्छ ।

राजु ढकालको राजनीतिक पृष्ठभूमि र अनुभव निकै फराकिलो रहेको छ। कर्पोरेट जगतको लामो र सफल अनुभव बटुलेका ढकालसँग प्रशासनिक व्यवस्थापन र राजनीतिक रणनीतिको निकै गहिरो ज्ञान छ। उनी विगतमा लामो समयसम्म पूर्व BTR प्रमुखको OSD  जस्तो गरिमामय जिम्मेवारीमा रहेर कुशलतापूर्वक आफ्नो कार्यभार सम्हालिसकेका व्यक्ति हुन्। सोही समयमा BTR सरकारद्वारा सञ्चालित महत्त्वाकांक्षी ‘बसुमति योजना’ मा उनले पुर्‍याएको प्राविधिक तथा व्यवस्थापकीय योगदान र अनुभवलाई  BPF ले पछिलो समयमा व्यवहार गर्न सकछ। विगतको परिषदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार रहँदा उनले गाउँ-गाउँमा अपनाएको योजनाबद्ध चुनावी रणनीति र जनसम्पर्क कौशलले उनको राजनीतिक उचाइ र परिपक्वता प्रमाणित गरिसकेको छ। असम सरकारका मन्त्री चरण बडोको विशेष तत्परता, चासो र पहलमा सम्पन्न भएको यो पार्टी प्रवेशले आगामी विधानसभा निर्वाचनमा BPF लाई निकै ठूलो रणनीतिक फाइदा पुग्ने अपेक्षा गरिएको छ। प्राप्त जानकारी अनुसार, पार्टी प्रवेशसँगै राजु ढकाललाई BPF भित्र कुनै निकै महत्त्वपूर्ण र गरिमामय दायित्व प्रदान गरिने सम्भावना पनि तीव्र रहेको छ।

प्रशासनिक र राजनीतिक क्षेत्रमा मात्र नभई, गोर्खा समाजको हक र हितका लागि पनि राजु ढकालको नाम अग्रपङ्क्तिमा आउँछ। उनी हाल असम गोर्खा सम्मेलनको मूलसचिवको महत्त्वपूर्ण ओहदामा कार्यरत रहेर समाजको नेतृत्व गरिरहेका छन्। निकै लामो समयदेखि असमका गोर्खाहरूले भोग्दै आएका अत्यन्तै जटिल र प्रमुख समस्याहरू जस्तै ‘D-Voter’  को कलङ्क र भूमि अधिकारको ज्वलन्त विषयमा उनको निरन्तर र उल्लेखनीय योगदान रहँदै आएको छ। 2022मा  निकासिमा सम्पन्न भएको असम गोर्खा सम्मेलनको महाधिवेशनमा उनी निर्वाचन आयोगका पाँच प्रमुख सदस्यमध्ये एक महत्त्वपूर्ण सदस्यको रूपमा चयन भएका थिए। उक्त ऐतिहासिक अधिवेशनमा उनले सम्हालेको निर्वाचन प्रक्रिया निकै पारदर्शी, निष्पक्ष र व्यवस्थित रहेको भन्दै सर्वत्र प्रशंसा भएको थियो। यसले उनको सांगठनिक र नेतृत्वदायी क्षमतालाई थप प्रष्ट पारेको छ।

निर्वाचन नजिकिँदै गर्दा राजु ढकालको यो BPF प्रवेशले समग्र स्थानीय राजनीतिको समीकरणलाई नै नयाँ दिशा दिन सकछ । विशेषगरी, पूर्व आग्सु सभापति सुनील छेत्रीले विपक्षी दल कांग्रेसमा योगदान गर्ने भनी पछिल्लो समय चलिरहेको व्यापक चर्चा र अनुमानलाई ढकालको यो रणनीतिक कदमले अन्त्यमा निकै हदसम्म चिसो पार्ने काम गरेको छ। हाल सत्तामा रहेको बलियो दल BPF मा राजु ढकाल जस्ता अनुभवी र प्रभावशाली नेताको प्रवेशले चुनावको मुखमा राजनीतिक चहलपहल निकै बढाएको छ। अब निर्वाचन जति-जति नजिकिँदै जान्छ, यस्ता रणनीतिक नेताहरू र राजनीतिक समीकरणका समाचारहरू अझै बढी चर्चाको शिखरमा रहने आशंका र सम्भावना प्रबल देखिन्छ।

Wedding · Cinematic · Album

Kaanchi Multimedia

We capture your happiness, frame by frame.

Call 93947 82283

পৰিচয়ৰ মৰ্যাদা আৰু ৰাজনীতিৰ অশালীনতা: গোৰ্খা সমাজক কৰা অপমানৰ বিৰুদ্ধে এতিয়া ৰাজপথত প্ৰতিবাদৰ জুই

কংগ্ৰেছক বৰ্জনৰ হুংকাৰ! হাইজুদ্দিন আহমেদৰ মন্তব্যক লৈ একত্ৰিত হ’ল AGS, ANSS, AAGSU, BGP আৰু S-UGPO।

Nelive24.in: আজিৰ এই প্ৰতিবেদনত আমি এটা শব্দৰ চৰ্চা কৰিম যিটো শব্দক লৈ এটা গৌৰৱময় জাতিৰ আবেগ জড়িত হৈ আছে। আপুনি কেতিয়াবা ভাবিছেনে, যিটো পৰিচয়ৰ বাবে আপুনি গৌৰৱ কৰে, সেই পৰিচয়টোৱেই যদি কাৰোবাৰ বাবে গালি হৈ পৰে, তেন্তে আপোনাৰ কেনে লাগিব?  এটা ব্যক্তিগত নিউজ চেনেলৰ তৰ্ক অনুষ্ঠানত আমি তেনে এক দৃশ্যই দেখিবলৈ পালোঁ, য’ত অসম প্ৰদেশ কংগ্ৰেছৰ মুখপাত্ৰ হাইজুদ্দিন আহমেডে বিজেপিৰ মুখপাত্ৰক আক্ৰমণ কৰিবলৈ গৈ ‘নেপালী’ শব্দটোক এনেদৰে ব্যৱহাৰ কৰিলে যেন ই কোনো এক গালিহে। এয়া কেৱল এটা শব্দৰ ভুল নহয়, বৰঞ্চ এক গভীৰ সাম্প্ৰদায়িক মানসিকতাৰ প্ৰতিফলন, যিয়ে অসমৰ এক বৃহৎ জনগোষ্ঠীক মৰ্মাহত কৰিছে।
এই অপমানৰ বিৰুদ্ধে এতিয়া উজনি অসমৰ ডিব্ৰুগড় আৰু তিনিচুকীয়াত ক্ষোভৰ জুই জ্বলিছে। আজি তিনিচুকীয়াৰ থানা চাৰিআলিত সদৌ অসম গোৰ্খা ছাত্ৰ সন্থা (আগছু) ৰ তিনিচুকীয়া জিলা সমিতিৰ উদ্যোগত এক উত্তাল প্ৰতিবাদী কাৰ্যসূচী ৰূপায়ণ কৰা হয়। প্ৰতিবাদত উপস্থিত থাকি জিলা সাধাৰণ সম্পাদক শেখৰ গুৰুংয়ে সংবাদ মাধ্যমৰ আগত হুংকাৰ দি কয় যে “গোৰ্খা সমাজক অপমান কৰিলে এতিয়া আৰু সহ্য কৰা নহ’ব।” শেখৰ গুৰুংয়ে স্পষ্ট কৰি দিয়ে যে অসমীয়া জাতিৰ অবিচ্ছেদ্য অংগ খিলঞ্জীয়া গোৰ্খা সমাজক লৈ এনে দায়িত্বহীন মন্তব্য কোনো কাৰণতে গ্ৰহণযোগ্য নহয় আৰু হাইজুদ্দিন আহমেডে ইয়াৰ বাবে ৰাজহুৱাকৈ ক্ষমা খুজিবই লাগিব। প্ৰতিবাদকাৰীসকলে থানা চাৰিআলিত আহমেদৰ পুত্তলিকা দাহ কৰি তীব্ৰ ক্ষোভ উজাৰে।
ইফালে, অসম গোৰ্খা সন্মিলন (AGS), অসম নেপালী সাহিত্য সভা (ANSS), সদৌ অসম গোৰ্খা ছাত্ৰ সন্থা (AAGSU) আৰু ভাৰতীয় গোৰ্খা পৰিসংঘ (BGP) এতিয়া এই বিষয়ত একগোট হৈছে। AGS-ৰ সভাপতি কৃষ্ণ ভুজেল, ANSS-ৰ সভাপতি ড° চিন্তামণি শৰ্মা আৰু BGP-ৰ সভাপতি অমৰ অধিকাৰীৰ দৰে নেতৃবৰ্গই একমুখে এই সাম্প্ৰদায়িক মন্তব্যক তীব্ৰ গৰিহণা জনাইছে। তেওঁলোকৰ দাবী একেটাই— হাইজুদ্দিন আহমেদক কেৱল নিলম্বন কৰিলে নহ’ব। যদিও অসম প্ৰদেশ কংগ্ৰেছ কমিটিয়ে এক নিৰ্দেশযোগে (Ref. Med/APCC/Order/25-26/118) হাইজুদ্দিন আহমেদক তাৎক্ষণিকভাৱে নিলম্বন কৰিছে, কিন্তু সংগঠনসমূহৰ মতে তেওঁক দলৰ প্ৰাথমিক সদস্য পদৰ পৰা বহিষ্কাৰ কৰিব লাগে। ভাৰতীয় গোৰ্খা পৰিসংঘৰ প্ৰশাসনিক সাধাৰণ সম্পাদক নন্দ কিৰাতী দেৱানে চৰম সকীয়নী দিছে যে যদিহে কংগ্ৰেছ দলে এই ক্ষেত্ৰত অধিক কঠোৰ পদক্ষেপ গ্ৰহণ নকৰে, তেন্তে আগন্তুক নিৰ্বাচনত গোৰ্খা সমাজে দলটোক সম্পূৰ্ণৰূপে বৰ্জন কৰিব। যিটো কংগ্ৰেছ দলৰ জন্মৰ ইতিহাসত বাবু ছবিলাল উপাধ্যায়ৰ দৰে গোৰ্খা সন্তানৰ তেজ-ঘাম নিহিত হৈ আছে, সেই দলৰ মুখপাত্ৰই একেটা সমাজকে অপমান কৰাৰ সাহস ক’ত পালে, সেয়া এতিয়া এক ডাঙৰ প্ৰশ্ন।

Wedding · Cinematic · Album

Kaanchi Multimedia

We capture your happiness, frame by frame.

Call 93947 82283

कार्बी आङलोङ स्वायत्त परिषदको कफी बोर्ड अध्यक्षमा राजु भट्टराई नियुक्त; गोर्खा समाजमा उत्साह

0

कार्बी आङलोङ स्वायत्त परिषदको कफी बोर्ड अध्यक्षमा राजु भट्टराई नियुक्त; गोर्खा समाजमा उत्साह

[Nelive24], पश्चिम कार्बी आङलोङ अविभाज्य कार्बी आङलोङ जिल्लाका प्रतिष्ठित नेता तथा जुझारु व्यक्तित्व श्री राजु भट्टराई कार्बी आङलोङ स्वायत्त परिषद (KAAC) अन्तर्गतको कफी बोर्ड (Coffee Board) को अध्यक्ष पदमा नियुक्त हुनुभएको छ। कार्बी आङलोङ स्वायत्त परिषद सचिवालयको तर्फबाट उहाँलाई यस गरिमामय पदको जिम्मेवारी सुम्पिएको हो।

कुशल संगठकको नयाँ जिम्मेवारी पश्चिम कार्बी आङलोङको उम्लाफेर निवासी राजु भट्टराई लामो समयदेखि सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय हुनुहुन्छ। उहाँ अविभाज्य कार्बी आङलोङ जिल्ला ‘आग्सु’ (AAGSU) का पूर्व मूल सचिव समेत हुनुहुन्छ। हाल भारतीय जनता पार्टीका निष्ठावान नेताका रूपमा परिचित भट्टराईले असम गोर्खा सम्मेलन पश्चिम कार्बी आङलोङ जिल्ला समितिको सभापति पदको जिम्मेवारी समेत कुशलतापूर्वक निभाइरहनुभएको छ।

क्षेत्रीय विकासमा टेवा पुग्ने विश्वास परिषदको कफी बोर्ड जस्तो महत्वपूर्ण विभागको नेतृत्व सम्हालेसँगै यस क्षेत्रमा कफी खेतीको प्रवर्द्धन र स्थानीय कृषकहरूको उत्थानमा नयाँ उचाई प्राप्त हुने विश्वास गरिएको छ। एक निष्कलंक छवि र जातीय सँग्रामीको रूपमा चिनिनुहुने भट्टराईको नियुक्तिलाई लिएर गोर्खा समुदायका विभिन्न संघ-संस्थाहरूले खुसी व्यक्त गरेका छन्।

बधाई तथा शुभकामनाको ओइरो भट्टराईको यस सफलतामा विभिन्न तहका सामाजिक कार्यकर्ता, बुद्धिजीवी र शुभचिन्तकहरूले बधाई ज्ञापन गरेका छन्। उहाँको सफल, पारदर्शी र प्रभावकारी कार्यकालको कामना गर्दै क्षेत्रको विकासमा उहाँको योगदान कोशेढुङ्गा साबित हुने अपेक्षा राखिएको छ।

Wedding · Cinematic · Album

Kaanchi Multimedia

We capture your happiness, frame by frame.

Call 93947 82283
- Advertisement -

Wedding · Cinematic · Album

Kaanchi Multimedia

We capture your happiness, frame by frame.

Call 93947 82283