Header Ad 272×90
Home Tags Numal Chetry

Tag: Numal Chetry

सत्ताको मोह र पहिचानको व्यापार: BTC का गोर्खा संगठनहरूमाथि उब्जिएका केही अनुत्तरित प्रश्नहरू

​वर्तमान समयमा असमेली गोर्खाहरु बिच राजनीति र सत्ताको रङ्ग कतिसम्म गाढा हुँदो रहेछ भन्ने कुराको ज्वलन्त उदाहरण BTC क्षेत्रमा हालै विकसित भएका घटनाक्रमहरूले प्रस्ट पारेका छन्। पद र कुर्सी प्राप्त गर्नुअघि ‘गोर्खा एकता’ र ‘जातीय पहिचान’ को कसम खानेहरू जब व्यवस्थाको रातो कार्पेटमा पाइला टेक्छन्, तब उनीहरूले त्यही पहिचानलाई बिर्सन्छन् जसले उनीहरूलाई त्यो उचाइसम्म पुर्‍याएको थियो। BTC का मनोनीत पार्षद नन्दलाल राणा मगरको पछिल्लो अभिव्यक्ति यसैको एउटा देखिएको कडी हो। BTC खुंग्रीको कार्यक्रममा उहाँले बोडो र मगर समुदाय दाजुभाइ हुन् र यिनीहरूको भाषा मिल्छ भन्दै दुई समुदायबीचको एकता र सामीप्यतालाई जोड्ने जुन प्रयास गर्नुभयो, त्यो सामाजिक सद्भावको दृष्टिकोणले सकारात्मक मान्न सकिएला। तर, त्यही मञ्चबाट ‘गोर्खा शब्द त पछि ब्रिटिसले लिएर आएको हो’ भन्दै सिङ्गो गोर्खा इतिहासलाई नजर अन्दाज गर्नु गम्भीर भुल हो। सन् २०१६ सम्म अखिल असम गोर्खा छात्र संघ (आग्सु) को केन्द्रीय समितिमा रहेका र पछि असम गोर्खा सम्मेलन जस्तो माउ संगठनको जिम्मेवारी सम्हालेका व्यक्तिले आज यस्तो अभिव्यक्ति दिनुले उहाँको नियतमाथि गम्भीर प्रश्न खडा गरेको छ।

​गोर्खा कोटाबाट पार्षद बनेर BTCका सिङ्गो ५-६ लाख भन्डा बड़ी गोर्खाहरुको प्रतिनिधित्व गर्नुपर्नेमा एउटा साँघुरो घेरामा खुम्चिनु र सामूहिक अस्तित्वलाई नकार्नुले गोर्खा कोटाको राजनीतिक प्रतिनिधित्वलाई नै अपमानित गरेको छ। यसै विषयलाई लिएर प्राक्तन पार्षद माधव चन्द्र छेत्रीले आफ्नो प्रतिक्रिया दिदै , नन्दलाल.. मगरहरूको मात्र MCLA होइनन्, उनलाई सम्पूर्ण गोर्खाको प्रतिनिधिको रूपमा मनोनित गरिएको हो भन्दै आफ्नो स्पष्ट धारणा राख्नुभएको छ। त्यसैगरी, आग्सु  BTC क्षेत्रीय समितिका सभापति रोहित दाहालले पनि मगरलाई उहाँको अभिव्यक्तिबारे स्पष्टीकरण दिन आह्वान गरेका छन्। यी प्रतिक्रियाहरूले मगरको अभिव्यक्तिको खण्डन त गरेका छन् तर कथा यतिमै सकिँदैन, असली र गम्भीर विषय त अब सुरु हुन्छ।

​यो विवाद चलिर हँदा रहदै येसै बिच निडर र साहसिक पत्रकारिता गरिरहेका वरिष्ठ पत्रकार कृष्णराज संग्रौलाले सामाजिक सञ्जाल र भिडियोमार्फत गर्नुभएको खुलासाले झन् ठूलो पराकम्प ल्याएको छ BTC को हाल चर्चामा। निर्वाचनअघि गोर्खाली जनताको टाउको ३१ लाखमा बेचिएको र संगठनहरूले राजनीतिक दलबाट रकम थापेको भन्ने संग्रौलाको दाबीले आम जनमानस सम्म चर्चाको विषय बनेको छ नझस्काए पनि । तर अचम्मको कुरा, नन्दलाल मगरसँग स्पष्टीकरण माग्ने तिनै रोहित दाहालले आजसम्म संग्रौलाले उठाएको ३१ लाखको प्रसङ्गमा कतै पनि आफ्नो प्रतिक्रिया प्रकाशित गरेका छैनन्। त्यति मात्र होइन, आग्सु BTC क्षेत्रीय समितिका मूल सचिव राजु सुवेदी छेत्री, जसले समाजमा एक प्रकारको सन्तुलित नेतृत्वको छवि बनाएका छन्, उनी पनि सभापति रोहित दाहालमाथि उठेका यी गम्भीर प्रश्नहरूको विषयमा चुइँक्क बोलेका छैनन्। वास्तवमा, सम्पूर्ण BTC क्षेत्रका कुनै पनि संगठन वा अन्य कुनै नेतृत्वले संग्रौलाले उठाएको प्रसङ्गमा बोल्ने आँट गरेका छैनन्। याहा यो अनुमन लगाउन सकिन्छ हाल सबैका सुन्ने र बोल्ने इन्द्रियहरू यो प्रसङ्गमा अस्थायी रूपले स्थगित भएको जस्तो देखिएको छ।

​अझै माथिल्लो तहको कुरा गर्ने हो भने, आग्सुका सभापति सञ्जीव चौहान र मूल सचिव नुमल छेत्रीसँग मगरको विवादित भनाइ वा ३१ लाखको गम्भीर आरोपमाथि बोल्ने समय छैन, तर वाहाहरूलाई जातीय प्रतिनिधित्वको निम्ति मन्त्रीत्व माग्ने तत्परता भने निकै देखिन्छ तयो पनि आवश्यक हैन भन्न खोजिएको हैन तर बोलने अझ दुई विषय पनि थिए र सोहि प्रकार असम गोर्खा सम्मेलन  जस्तो माउ संगठन पनि यसपटक आफ्नो गाम्भीर्यताबाट विमुख हुँदै केवल शुभकामना र सम्मानका औपचारिक कार्यक्रमहरूमा रमाइरहेको छ यो पनि माउ संगठनको बौद्धिक रणनितिहोला तर चलिरहेका विषयहरु स्पष्ट पार्ने दायित्व पनि माउ संगठनको थियो। संगठनभित्र सल्किरहेका यी गम्भीर मुद्दाहरूलाई समाधान गर्नुको सट्टा, केहि प्रतिक्रिया कुरा प्रसंग नबोली सबै ठिक छ भन्ने भाष्य स्थापित गरेर पत्रकार संग्रौलाले उठाएको आवाजलाई झुटो साबित गर्ने सुनियोजित प्रयास भइरहेको छ क्याओं यो …..? 

तर ​जुन समयमा निर्वाचन अघि संगठनले राजनीतिक दलबाट पैसा थापेको जनचर्चा छ, त्यो समयमा सामुहिकताबाट उठेका प्रश्नहरूको जवाफ दिनुको सट्टा मन्त्रीत्वको मागलाई अघि सारिनु कति सान्दर्भिक हो? जब भाजपाले आफ्ना कार्यकर्ताहरूलाई टिकट दिएर विधायक बनाएको छ भने, दलभित्रका योग्य गोर्खा व्यक्तिहरू जस्तै भाष्कर शर्मा वा ऋतुवरण शर्माले व्यवस्था र समयको माग अनुसार मन्त्रीत्व पाउनु अथवा नपाउनु त्यो दल भित्रको स्वभाविक प्रक्रिया हो संस्थागत रुपमा संगठनले अनुधावन पनि गर्नु आवश्यक छ संगठनले सामुहिकतामा जात वा व्यस्था भित्र त्येस्तो के गरेको छौं जस्को सट्टा सरकारले हाम्रो कुरा सुन्नु नै पर्छ भन्ने छ। तर, जनताका मुद्दा र संगठनभित्रको पारदर्शिता एकता सतत्ता माथी उठाका प्रश्नहरुलाई तिलाञ्जली दिएर केवल खुल्ला राजनैतिक  बार्गेनिङ गर्नुले नेतृत्वको सुप्त अभिव्यक्तिहरुलाई बाहिर ल्याएको छ। अगर व्यस्थाले परम्परागत कुरालाईनै सधै अघि राख्दै जवाबदेहिता बाट बाहिर बासन रुचाउछ भने ।  परम्पराहरू पुराना भए पनि पदले सधैं मानिसको सुप्तपन र सक्कली अनुहारलाई बाहिर ल्याउँछ। पदले नै मानिसलाई बोल्न र मौन बन्न सिकाउँछ।

​जनताले अब नेतृत्वको योग्यता केवल उनीहरूको भाषणबाट होइन, उनीहरूको नैतिकता र जवाफदेहिताबाट नियाल्नुपर्ने बेला आएको छ। यदि आजका संगठनहरूले भोलि तपाईंको राजनीतिक प्रतिनिधित्व गर्ने नाममा यस्तै मौनता र मोलमोलाइको बाटो रोजे भने, जनतामाथि हुने अन्याय, शोषण र दमनको दोषी अरू कोही नभएर स्वयं जनता नै हुनेछन्। तसर्थ, संस्थाहरूलाई बेलैमा जवाफदेही बनाउन र राजनेताहरूको बोलीलाई मर्यादित राख्न जनताले व्यवस्थामा सही र साहसिक मान्छे चयन गर्नु अबको अनिवार्य आवश्यकता बनेको छ।

Wedding · Cinematic · Album

Kaanchi Multimedia

We capture your happiness, frame by frame.

Call 93947 82283

आग्सु भित्रको आन्तरिक ‘महाभारत’: पत्रको राजनीति र ओझेलमा परेका मुद्दाहरूमाथि एक विशेष विश्लेषण

0

आग्सुमा अनुशासन र असन्तुष्टिको लडाइँ: केन्द्रीय समितिको पत्र कि सचिवहरूको अडान? कसको तर्क कति जायज?

अहिले एउटा यस्तो समय छ, जहाँ संस्थाहरू भित्रको आन्तरिक लोकतन्त्र र अनुशासनको परिभाषा बदलिँदै गएको देखिन्छ। अखिल असम गोर्खा छात्र संघ (आग्सु) मा अहिले यस्तै एउटा सांगठनिक ‘महाभारत’ मच्चिएको छ, जहाँ एउटा पक्षले ‘मर्यादा’ को कुरा गरिरहेको छ भने अर्को पक्षले ‘महत्त्वपूर्ण मुद्दा’ को। आज २० फेब्रुअरी २०२६ मा आग्सुका तीन विभागीय सचिवहरू— टिंकु पौडेल, कमल ढकाल र सुरेश पाण्डेले आह्वान गरेको एउटा प्रेस मिट र त्यसलाई रोक्न केन्द्रीय समितिले चालेको कदमले संगठनभित्रको कार्यशैलीमाथि धेरै गम्भीर प्रश्नहरू उब्जाइदिएको छ।

सबैभन्दा पहिले चर्चा गरौँ केन्द्रीय समितिले जारी गरेको त्यो पत्रको, जसमा ‘संगठनात्मक मर्यादा’ लाई ढाल बनाइएको छ। मुलसचिव नुमल छेत्रीद्वारा हस्ताक्षरित पत्रले प्रस्ट भन्छ कि केन्द्रीय समितिको पूर्व स्वीकृति बिना कुनै पनि सार्वजनिक गतिविधि गर्नु विधान विपरीत हो। यो एउटा यस्तो पत्र हो, जसले अनुशासनको डण्डा चलाएको छ। यहाँनिर एउटा  प्रश्न उठछ — आग्सुको वर्तमान नेतृत्वलाई, के अनुशासनको नाममा संवादको ढोका थुन्न खोजिएको त होइन? यदि आफ्नै पदाधिकारीहरूले केही कुरा सार्वजनिक गर्न चाहेका थिए भने, त्यसलाई संगठनको आन्तरिक मञ्चमै छलफल गरेर किन टुंग्याइएन? के नेतृत्वले सचिवहरूले उठाउन खोजेका मुद्दाहरूलाई अवहेलना गरेकै कारण उनीहरू बाध्य भएर मिडियाको शरणमा पुगेका हुन्? जनता र कार्यकर्ता जान्न चाहन्छन्— के यो केवल अनुशासनको पालना हो कि कसैको मुख थुन्ने प्रयास?

​तर, निष्पक्षताको कसीमा राखेर हेर्ने हो भने अर्को पक्षलाई पनि उत्तिकै तिखो प्रश्न सोध्नुपर्ने हुन्छ। ती सचिवहरूले जसरी एकपक्षीय रूपमा प्रेस मिट आह्वान गरे, के त्यो सांगठनिक दायराभित्र पर्ने कुरा हो? कुनै पनि संस्थामा काम गर्दा त्यसका केही स्थापित मूल्य-मान्यता र सामुहिक निर्णय प्रक्रिया हुन्छन्। यदि ती सचिवहरूले आफ्ना मुद्दाहरू पहिले पूर्व र वर्तमान नेतृत्वको टेबलमा राखेका थिए र त्यहाँ सुनुवाइ भएन भने, उनीहरूको विद्रोह स्वाभाविक मान्न सकिन्छ। तर, विमर्शको बाटो नै नखोजी सिधै क्यामेराको अगाडि उभिनुले कतै न कतै संगठनको गरिमालाई सडकमा ल्याएको त छैन? यो पनि एउटा गम्भीर विश्लेषणको विषय हो। के व्यक्तिगत असन्तुष्टिलाई सांगठनिक मुद्दा बनाइएको हो वा साँच्चै जातिको हितका लागि यो ‘विद्रोह’ गरिएको हो?

​अहिले आग्सु भित्र एउटा यस्तो गतिरोध (Deadlock) सिर्जना भएको छ, जहाँ पत्रले प्रेस मिट रोकिएको घोषणा त गरेको छ, तर आयोजक सचिवहरूका तर्फबाट कार्यक्रम रद्द भएको कुनै औपचारिक जानकारी बाहिर आएको छैन। यसले के देखाउँछ भने, आग्सुको नेतृत्व र यी सचिवहरू बीचको विश्वासको खाडल निकै गहिरो भइसकेको छ। नेतृत्वले सचिवहरूको प्रयासलाई ‘स्वेच्छाचारी’ भन्नु र सचिवहरूले ‘महत्त्वपूर्ण मुद्दा’ को कुरा गर्नुले यो केवल एउटा प्रेस मिटको झगडा मात्र होइन, यो त आग्सु भित्रको कार्यशैली र वैचारिक टकरावको एउटा ठूलो तस्बिर हो।

अब सबैको ध्यान आगामी २८ फेब्रुअरीमा बस्ने केन्द्रीय कार्यकारिणी समितिको बैठकमा अडिएको छ। के त्यो बैठकले यी दुवै पक्षका तर्कहरूलाई न्यायोचित ढंगले सुन्नेछ? कि केवल पत्रको सहारामा अनुशासनको कारबाही गरेर मुद्दाहरूलाई दबाइनेछ? यदि आग्सुलाई मजबुत बनाउने हो भने, नेतृत्वले आफ्ना सहकर्मीहरूको विश्वास जित्नुपर्छ र पदाधिकारीहरूले सांगठनिक मर्यादाको पालना गर्नुपर्छ। यो ‘पत्र–युद्ध’ ले २८ फेब्रुअरीमा कस्तो निकास दिन्छ, त्यो हेर्न बाँकी नै छ। तर अहिलेलाई यति चाहिँ भन्न सकिन्छ— जब संगठनभित्र संवाद हराउँछ, तब यस्तै महाभारतहरू मच्चिने गर्छन्।

विस्तृत र निष्पक्ष जानकारीका लागि हेर्दै रहनुहोस्: nelive24.in

Wedding · Cinematic · Album

Kaanchi Multimedia

We capture your happiness, frame by frame.

Call 93947 82283
- Advertisement -

Wedding · Cinematic · Album

Kaanchi Multimedia

We capture your happiness, frame by frame.

Call 93947 82283