Header Ad 272×90
Home Tags Prakash Koirala

Tag: Prakash Koirala

युवा लेखक तथा ‘आग्सु’ नेता प्रकाश कोइरालालाई ‘युवा प्रतिभा पुरस्कार २०२६’ प्रदान

राष्ट्रिय युवा दिवसको अवसरमा युवा लेखक प्रकाश कोइरालालाई ‘युवा प्रतिभा पुरस्कार–२०२६’

गुवाहाटी:

राष्ट्रिय युवा दिवस तथा स्वामी विवेकानन्दको जन्मजयन्तीको पावन अवसरमा भारतीय जनता युवा मोर्चा (BJYM), असम प्रदेशले बाक्सा जिल्लाका उदीयमान युवा लेखक तथा अखिल असम गोर्खा छात्र संघ (AAGSU) केन्द्रीय समितिका साङ्गठनिक सचिव प्रकाश कोइरालालाई ‘युवा प्रतिभा पुरस्कार–२०२६’ बाट सम्मानित गरेको छ।

​गुवाहाटीमा आयोजित “आत्मनिर्भर असम गढा – युवा शक्तिको द्वारा” शीर्षकको विशेष समारोहमा भाजपा असम प्रदेशका अध्यक्ष तथा सांसद दिलीप शैकियाले कोइरालालाई यो प्रतिष्ठित पुरस्कार प्रदान गर्नुभयो। साहित्य, इतिहास तथा समाजचेतन लेखनमार्फत युवापुस्तालाई निरन्तर प्रेरणा प्रदान गरेको र सामाजिक संगठनमा सक्रिय योगदान पुर्‍याएको कदरस्वरूप उनलाई यो सम्मान प्रदान गरिएको हो।

हालै मात्र असम सरकारबाट ‘युवा लेखक पुरस्कार’ समेत प्राप्त गरिसकेका कोइरालाको सामाजिक र साहित्यिक सक्रियतालाई राज्यस्तरमा उच्च प्राथमिकताका साथ हेरिएको छ। प्राप्त सम्मान पत्रमा असमका माननीय मुख्यमन्त्री डा. हिमन्त विश्व शर्मा, भाजपा असम प्रदेशका अध्यक्ष दिलीप शैकिया र भाजयुमोका प्रदेश अध्यक्ष राकेश दासको हस्ताक्षर रहेको छ।

​सम्मान पत्रमा स्वामी विवेकानन्दको आदर्शबाट अनुप्राणित भई कोइरालाले समाज निर्माणमा देखाएको निष्ठा र जिम्मेवारीबोधलाई अन्य युवाहरूका लागि एक अनुपम उदाहरणको रूपमा उल्लेख गरिएको छ। उहाँको लेखन र साङ्गठनिक नेतृत्वले युवा समाजमा आत्मविश्वास र नयाँ आशा जगाउन सफल भएको कुरा सम्मान पत्रमा समेटिएको छ।

बाक्सा जिल्लाका लागि गौरवको विषय बनेको यो सम्मानले कोइरालाको आगामी साहित्यिक र सामाजिक यात्रालाई थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।

​#newsupdates #nelive24 #NationalYouthDay #AssamYouthAward #PrakashKoirala #AAGSU #BJYM #AssamNews

Wedding · Cinematic · Album

Kaanchi Multimedia

We capture your happiness, frame by frame.

Call 93947 82283
- Advertisement -

Wedding · Cinematic · Album

Kaanchi Multimedia

We capture your happiness, frame by frame.

Call 93947 82283